• 2020-11-25

    टाेखा लाइभ / मंसिर १०

    नेपालमा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।
    काठमाडौं उपत्यकामा मात्रै थप ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौँमा ६ सय २५, ललितपुरमा १ सय १३ र भक्तपुरमा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४० जना कोरोनामुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको संख्या ९२ प्रतिशत रहेको छ ।त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३८९ पुगेको मन्त्रालयले बताएको छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै