• 2020-11-13

    टाेखा लाइभ / नविना श्रेष्ठ
    कार्तिक २८,२०७७

    नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्लाजा, पुतलीसडकमा रहेको जिफन्ट संस्थामा १६ वर्ष लामो समय बिताइसकेका चिन्तामणि खनाललाई  हिजो एक कार्यक्रमका बिच विदाइ (रिटायर) गरिएको छ। उहाँले जिफन्टमा लामो समयसम्म प्रशासनको लेखा क्षेत्रमा योगदान दिनुभएको थियो।
    जिफन्ट मा योगदान गर्नुभएको महान ब्यक्तिहरुलाई संस्थाले बिदाइ गर्ने गरेको छ। संस्थामा योगदान दिने व्यक्तिहरुलाई विदाई गर्दा बाँकी दिनहरुमा सम्झना रहिरहनका लागि यस्तो कार्यक्रम नगरी बस्न नसक्ने जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो। २०४५,२०४६ सालदेखि २०७७ सालसम्म को यात्रामा पनि चिंतामणी खनाल कार्यालयमा आउने समय भने एउटै रहेको र २०४७ सालमा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले चिंतामणी खनाललाई भेटेको थियो। खनाल जस्तो पहिला थियो अहिलेसम्म पनि उस्तै रहेको उहाँमा कुनै गुनासो नभेटेको र नपाएको अध्यक्ष श्रेष्ठले बताए।

     

     

    जिफन्टमा अहिलेसम्म ४ सय जना कर्मचारी रहेका छन् भने बाँकी दिनहरुमा ४ हजार जना कर्मचारी पुर्याउने उद्देश्य रहेको अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभयो। जिफन्टको कार्यालयबाट नै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले खादा ओढाई उहाँ लाई मायाको चिनो दिई विदाइ गर्नुभएको थियो।

    विदाइ कार्यक्रममा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, महासचिव जनक चौधरी जिफन्टका पुर्व उपमहासचिव पेम्बा लामा लगायत जिफन्टका शुभचिन्तकहरु र कर्मचारीहरू लगायतको उपस्थित रहेको थियो।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै