टेक्सास। टेक्सास राज्यको लुइसभिल तालमा डुबेर २३ बर्षिय नेपाली बिद्यार्थी अश्मिता खनालको निधन भएको छ । गत आईतबार जुलाई २६ का दिन खनाल डुंगाबाट खसेर उनको निधन भएको हो ।
टेक्सासकै विश्व विधालयमा अध्ययन गर्दै गरेकी खनाल उक्त तालमा डुबे पछि उनलाई गोताखोरहरुले ५ घन्टाको खोजपछि उनको शव फेला पारेका थिए । उनको शवलाई हाल टेक्ससकै टेरंट काउन्टी स्थित चिकित्सा शव जाँच केन्द्रमा राखिएको छ ।
उनको निधन पछि उनको सहयोगको लागि गो फन्ड खोलिएको छ । उनको दाहसंस्कारको लागि ३० हजार डलर सङ्कलन गर्ने लक्ष्य राखिएको केही घण्टा मै ११ हजार डलर उठी सकेको छ ।
नजिकका नातेदार तथा परिवार सदस्यहरुले कानुनी रुपमा दाह संस्कार गरिने सम्बन्धमा काम गरि रहेको नेपाली समुदायले जनाएका छन ।
खनालको सामाजिक संजाल(फेसबुक-मुहार पुस्तिका)मा आफु काठमाडौँ घर भएको उनले उल्लेख गरेकी छिन् । अमेरिका उच्च अध्ययनमा आएकी खनाल उक्त तालमा साथीहरुसंग गएकी थिइन । श्रोतका अनुसार अन्य साथीहरुले सुरक्षाको लागि प्राण रक्षक वस्त्र (लाइफ ज्याकेट) लगाएका थिए भने उनले लगाएकी थिइनन ।उनी एक्कासी डुँगामा चिप्लिएर खसेकी थिईन । उनको साथीले हात दिएर तान्न खोज्दा असफल भएकी थिईन।
स्थानीय फक्स ४ न्युज डटकमका अनुसार डेन्टन काउन्टीका एक खेल रक्षक(वार्डन)ले ३ बजे भन्दा पहिले हराएको खबर पाएपछि खोजी सुरु भएको थियो भनि समाचार प्रकाशित गरेको छ ।
उनी हाईल्याण्ड गाउँको एक डुंगामा सवार थिइन भनेर बताइएको छ।
