• 2020-07-13


टाेखा लाइभ,असार २९ काठमाडौं : सर्वोच्च अदालत लगायतको आदेश र विदेशमा अलपत्र परेकाहरुको चर्को दवाबपछि सरकारले गत जेठ १६ गते समस्यामा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरणका आधारमा स्वदेश फर्काउने निर्णय गरेको थियो।सीसीएमसीले पहिलो चरणमा २५ हजार स्वदेश फर्काउने निर्णय गरेको थियो ।कोभिड–१९ महामारीका कारण रोजगारी गुमाएका अन्य कारणले विभिन्न मुलुकमा आपतकालीन अवस्थामा रहेकामध्ये आइतबारसम्म २६ हजार बढी नेपाली स्वदेश फर्किएका छन् ।
उनीहरु सबै चार्टर्ड उडान मार्फत साविकको भन्दा करिब दोब्बर भाडा तिरेर आएका हुन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले दिएको जानकारी अनुसार आइतबारसम्म विभिन्न २४ मुलुकबाट २६ हजार ३ सय ९६ नेपाली स्वदेश फर्किएका छन् । सीसीएमसी सबैभन्दा धेरै यूएईबाट ५ हजार ५सय २६, कुवेतबाट ५ हजार २ सय ४३, साउदी अरेबियाबाट ४ हजार ३०, मलेसियाबाट तीन हजार ५३ र कतारबाट दुई हजार ८ सय ८४ स्वदेश फर्किएको जानकारी दिएको छ । आइतबार मात्रै विभिन्न चार्टर्ड उडानबाट करिब १ हजार नेपाली घर फर्किएका छन् ।

तर उद्धारको समय लम्बिदै जाँदा तत्काल उद्धार नगरी नहुने नेपालीको संख्या खाडी तथा मलेसियामा रहेको छ । उनीहरुलाई फर्काउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी साउन ७ सम्मको थप ४२ वटा चार्टर उडान गर्ने निर्णय गरेको बताइएको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै