• 2023-10-17

    काठमाडौँ,३० असोज :गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेसन आजबाट सुरु हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको महाधिवेसन अक्टोबर २० सम्म काठमाडौंमा चल्नेछ । महाधिवेसनले आगामी दुई वर्षका लागि अध्यक्षसहित एनआरएनएका पदाधिकारीहरु चयन गर्नेछ । अक्टोबर १९ अर्थात् कार्तिक २ गते महाधिवेसनमा मतदान हुने निर्वाचन कार्यतालिका छ । गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ। हालका अध्यक्ष २ जना पुनः दोहोरिएका छन् भने २ उपाध्यक्षले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।मंगलबारबाट हुने निर्वाचनमा अध्यक्ष पदका लागि रुसका डा. बन्द्रि केसी, जापानका महेश कुमार श्रेष्ठ, अमेरिकाकी रविना थापा र कतारका राजेन्द्र कुमार श्रेष्ठले उम्मेदावरी दर्ता गराएका हुन्।६ जना उपाध्यक्षका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। एक महिला उपाध्यक्षका लागि बेलायतकी रोजिना प्रधान राई र साउदी अरेवियाकी यास्मिन बेगम सायद प्रतिस्पर्धा गर्दैछन्।

    १ युवा उपाध्यक्षमा कतारका अब्दुल बासिद र जाम्बियाका रोशन थापाले उम्मेदवारी दर्ता गराएका छन्। महासचिवका लागि बुद्धिसागर सुवेदी र गौरीराज जोशीको उम्मेदवारी परेको छ। २ उपमहासचिवका लागि ५ जनाको उम्मेदवारी छ। ६ सचिवमा १५ जनाको उम्मेदवारी पर्‍यो। १ महिला सचिवका लागि क्यानेडाकी बिमला सापकोटा र हङकङकी राधिका गुरुङ प्रतिस्पर्धी बनेका छन्।कोषाध्यक्ष पदकोलागि जापानका सुदन के थापा र यूएईका ठाकुर प्रदाद ढुंगाना भिड्दैछन्। ३ सह-कोषाध्यक्षको लागि ६ जना उम्मेदवार बनेका छन्। १ महिला सह कोषाध्यक्षमा अमृता थापा र त्रिशा शर्मा छन्। महिला संयोजकमा अनुजा प्रधान र देवकी खत्री गुरुङ छन्  ।

     

     

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै