• 2023-10-17

    काठमाडौं ३० आश्विन /गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेसन आजबाट सुरु हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको महाधिवेसन अक्टोबर २० सम्म काठमाडौंमा चल्नेछ ।महाधिवेसनले आगामी दुई वर्षका लागि अध्यक्षसहित एनआरएनएका पदाधिकारीहरु चयन गर्नेछ । अक्टोबर १९ अर्थात् कार्तिक २ गते महाधिवेसनमा मतदान हुने निर्वाचन कार्यतालिका छ ।त्यसअघि विभिन्न विषयहरुमा छलफल एवं गोष्ठी हुनेछन् । यसपटक एनआरएनको अध्यक्षमा रुसबाट डा. बद्री केसी, जापानबाट महेशकुमार श्रेष्ठ, अमेरिकाबाट रबिना थापा र कतारबाट राजेन्द्र कुमार (आर) शर्माको उमेदवारी रहेको छ ।एनआरएनएको निर्वाचन समिति कार्यालयका अनुसार ६ जना उपाध्यक्ष पदका लागि १८ जनाको उमेदवारी रहेको छ । एक महिला उपाध्यक्षमा दुईजनाको उमेदवारी परेको छ ।एक युवा उपाध्यक्षका लागि पनि दुई उमेदवार छन् । एनआरएनएका यो महाधिवेसनमा अन्य पदहरुमा पनि बलियो प्रतिस्पर्धा रहेको छ ।

     

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै