• Jana Kura

    • 2022-08-09

    टोखा लाइभ ।२०७९ साउन २४ गते ।

    आदर्श समाज तिलिगंटार काठमांडौं द्वारा समाज कै आजीवन सदस्य स्रष्टा श्री शिवनाथ अधिकारी को तेस्रो निबन्ध पुस्तक “आदर्श पानाहरू “ नामक तिलिगटार मा वि धापासी काठमांडौंमा एक कार्यक्रम बीच लोकार्पण गरियो। समाजका अध्यक्ष हरिहर खनाल, वरिष्ठ अर्थविद प्रा. डा गोविन्द नेपाल, तिलिंगटार मा वि का प्रधानाध्यापक सरोज कुमार पाण्डे एवम् प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरूगले संयुक्त रूपमा विमोचन गर्नु भयो। उत्त अवसरमा प्रमुख अतिथि जगमानले स्रष्टा शिवनाथ अधिकारीको निबन्ध समग्र मानवको प्रगतिको लागि सार्थक भएको बताउनु भयो। अधिकारिले छरिएका पानाहरू-२०७६, सुनौलो पानाहरू-२०७७ प्रकाशित गरिसक्नु भएको छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै