• 2022-04-28

    टाेखालाइभ डट कम/ बैशाख १५,२०७९

    एएफपी/ म्यानमारको जुन्ता अदालतले आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा थप पाँच वर्षको जेल सजाय सुनाएको छ ।सैन्य शासनको अधिनमा रहेको म्यानमारको विशेष अदालतको गोप्य सुनुवाई पछि नेत्री सुकिलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको बताइएको छ।

    यो फैसलासँगै म्यानमारको जुन्ता सरकारले अपदस्त नागरिक तथा नेतालाई दशकौंसम्म जेलमा पार्न सक्ने संकेत देखाएको एएफपी जनाएको छ। पछिल्लो मुद्दामा नोबेल पुरस्कार विजेता सुकीलाई ६ लाख अमेरिकी डलर नगद र सुन घुस लिएको आरोप लगाएको थियो ।दुई दिनपछि सेनाद्वारा निर्मित राजधानीको नीपिदको विशेष अदालतले बुधबार बिहान फैसला र सजाय सुनाएको हो। सुकिका वकिलहरुलाई पत्रकारसँग बाेल्न समेत परिबन्ध लगाएको थियो।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै