• 2021-08-27

टाेखालाइभ/ भाद्र ११,२०७८
एजेन्सी : अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको दुई विस्फोटमा परी ८० जनाको मृत्यु भएको छ भने घाइते हुनेको संख्या २ सय नाघेको छ । गम्भिर घाइते धेरै रहेकाले मृतकको संख्या बढनसक्ने बताइएको छ । ज्यान गुमाउनेमा १३ जना अमेरिकी सैनिक समेत रहेका छन् । १२ सैनिक घाइते भएका छन् ।

विस्फोटमा थुप्रै तालिबान सुरक्षा गार्डहरू पनि घाइते भएका छन् ।पहिलो विस्फोट हामिद कारजाई विमानस्थलको अब्बे गेटमा र अर्को आक्रमण बेलायती सैनिक बसिरहेको विमानस्थल नजिकै बैरन होटलछेउ गरिएको थियो ।आक्रमणमा दुईजना आत्मघाती आक्रमणकारी र एक बन्दुकधारी सग्लन रहेको बताइएको छ ।

बम आक्रमणको जिम्मेवारी आईएसआईएसको खुरासान समूहले लिएको छ । घटनापछि काबुलको विमानस्थलबाट हुने सबै उडान रद्द गरिएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाईडेनले आक्रमणपछिपनि हवाई उद्धारकार्य जारी नै रहने बताएका छन् । उनले आक्रमणकारीलाई खोजेर छाड्ने पनि बताए । तालिबानले अफगानिस्तान कब्जा गरेपछि अहिलेसम्म एक लाख मानिसको उद्धार भएको छ ।

अमेरिका र बेलायतले काबुलस्थित एसआइले आत्मघाती हमला गर्नसक्ने भन्दै पहिले नै चेतावनी दिएका थिए ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै