• 2021-06-01

     

    टाेखालाइभ डट कम/ जेठ १८

    विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएको छ । थापाको आज मंगलबार अपराह्न ४ः२५ बजे उनको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
    केहीदिनअघि कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उपचारका लागि अस्पताल भर्ना भएपनि अन्तिम पटक गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएको थियो ।
    विवेकशील साझा पार्टीका पूर्व संयोजक समेत रहेका ४४ वर्षीय उज्वल थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन् ।

     

     

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै