• Jana Kura

  • 2020-11-27

२०७७ मंसिर १२ गते

काठमाडाैं। यो वर्षको कात्तिक नाट्य महोत्सव शुरु भएको छ। यो नाचमा प्रत्येक वर्ष पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा नृत्य मञ्चन गरिँदै आइएको छ।

विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवको रूपमा रहेको प्राचीन महत्वको कात्तिक नाट्य नाच यस वर्ष छोट्याएर शुक्रबार र शनिबार गरी दुई दिन हुँदैछ। कोरोना भाइरसको महामारीका कारण यो वर्ष दुई दिनमा छोट्याएर कात्तिक नाँच प्रस्तुत गर्न लागिएको हो।

नाचमा १८ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई कलाकारमा संलग्न नगराइने कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए।

१८ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धमा कोरोनाको जोखिम बढी रहने भएको हुँदा यसबाहेक अन्य उमेर समूहका मानिसलाई कलाकारका रूपमा छनौट गरिएको उनको भनाइ छ।

सिद्धिनरसिंह मल्लका नाति योगनरेन्द्र मल्लले कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका यस नाचमा १७ विधाको कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो।

किंवदन्तीअनुसार विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ यस नाँच चलाएका थिए। कात्तिक नाँचको माध्यमद्वारा मानिसलाई मनोरञ्जन दिनुका साथसाथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिन्छ।

कात्तिक महिनाभरी विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको जानकारहरु बताउँछन्।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै