• 2020-10-22

 

टाेखा लाइभ संवाददाता
कार्तिक ६ बुढानिलकण्ठ/
नेपाल बाेटल वाटर उद्याेग संघका केन्द्रीय उपाध्यक्ष पुष्पलाल श्रेष्ठद्वारा लिखित ”जलचेतना” पुस्तक सार्वजनिक गरिएकाे छ। बुढानिलकण्ठस्थित निलकण्ठ नेचुरल स्प्रिङ वाटर प्रा० लि० मा आयाेजित कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धव खरेल, वरिष्ठ साहित्यकार डा० शैलेन्दु प्रकाश नेपाल र साहित्यकार रत्न प्रसाद अनामणी श्रेष्ठले पुस्तककाे संयुक्त रुपमा विमाेचन गर्नुभएकाे हाे।

 

 साहित्यकार प्रशान्त डंगाेलले स्वागत गर्नुभएकाे कार्यक्रममा वरिष्ठ पत्रकार कुमार रञ्जित, नेपाल बाेटल वाटर उद्याेग संघका संरक्षक धर्मनन्द श्रेष्ठ, अध्यक्ष सुवास भण्डारी र सञ्चारकर्मी उमेश पाण्डेले शुभकमना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे।

 

पुस्तकमा नेपालमा खानेपानीकाे अवस्थाबारे कटु यथार्थ चित्रण गरिएकाे छ। कार्यक्रममा नेपाली बजारमा खानेपानीकाे अस्तव्यस्त बजार अवस्थाबारे चर्चा साथै समाधानका लागि स्थानीय तह अघि सर्नुपर्ने विषयमा जाेड दिइएकाे थियाे।

 

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै