काठमाडौँ, १७ चैत : काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी (प्रजिअ) छवि रिजाल लाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उहाँलाई आज बिहान काठमाडौँको कोटेश्वरस्थित सुविधानगरबाट नियन्त्रणमा लिएको हो।
गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोग ले सो आन्दोलनका क्रममा बल प्रयोग गर्न निर्देशन दिएको ठहर गर्दै तत्कालीन प्रजिअ रिजालमाथि कारबाही सिफारिस गरेको थियो।
पक्राउ परेका रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भइरहेको छ।
कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्ट का अनुसार अब जिल्ला अदालतबाट म्याद थप गरी उहाँमाथि अनुसन्धान प्रक्रिया अघि बढाइनेछ।