काठमाडौँ, ३१ असोजः सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ५८ हजार मा कारोबार हुँदैछ।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भई प्रतितोला रू तीन हजार ३५० पुगेको छ। बिहीबार सुन प्रतितोला रू दुई लाख ५० हजार ९०० र चाँदी प्रतितोला रू तीन हजार २७५ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य आज प्रतिऔँस चार हजार ३६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। सुनको लगातार बढ्दो मूल्यले बजारमा उत्सुकता र चासो दुवै बढाएको छ।