भद्रपुर, २३ फागुनः झापा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित हुनुभएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहले ६८ हजार ३४८ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत पाउनुभयो।
अन्य प्रतिस्पर्धीहरूले प्राप्त मत यस प्रकार छन्:
श्रम संस्कृति पार्टीका समिर तामाङ – ९ हजार २३३ मत
नेपाली कांग्रेसकी मन्धरा चिमरिया -१ हजार ८२१ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद सङ्ग्रौला – १ हजार ५३६ मत
यस क्षेत्रमा कुल १ लाख ६३ हजार ३७९ मतदाता मध्ये १ लाख ६ हजार ५६८ मत खसेको थियो।
शाहको यो विजयले झापामा रास्वपाको प्रभावलाई अझ बलियो बनाएको छ।