• Jana Kura

  • 2025-09-17

काठमाडौँ, १ असोज – चालु आर्थिक वर्ष २०८२/८३ सुरु भएको दुई महिना बित्दा सरकारले जम्मा नौ दशमलव १७ प्रतिशत मात्र बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार, भदौ मसान्तसम्म कुल १९ खर्ब ६४ अर्ब ११ करोड विनियोजनमध्ये सरकारको खर्च रु एक खर्ब ८० अर्ब १७ करोड चार लाखमा सीमित भएको हो।

खर्चको विवरण हेर्दा,

  • चालुतर्फ ९.६७ प्रतिशत अर्थात् रु एक खर्ब १४ अर्ब १८ करोड ७२ लाख खर्च भएको छ।
  • पुँजीगततर्फ भने निकै कम, जम्मा १.५६ प्रतिशत (रु छ अर्ब ३५ करोड ३३ लाख) मात्रै खर्च भएको छ।
  • वित्तीय व्यवस्थातर्फ १५.८९ प्रतिशत अर्थात् रु ५९ अर्ब ६२ करोड ९९ लाख खर्च भएको देखिन्छ।

यससँगै सरकारको राजस्व संकलन पनि लक्ष्यअनुसार प्रगति गर्न सकेको छैन।
कूल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख उठाउने वार्षिक लक्ष्यमध्ये हालसम्म १०.४३ प्रतिशत मात्रै अर्थात् रु एक खर्ब ५९ अर्ब ९८ करोड ५३ लाख राजस्व संकलन भएको छ।

राजस्वतर्फको विवरण यसरी छः

  • कर राजस्व ११.३५ प्रतिशत (रु एक खर्ब ५० अर्ब ४० करोड १३ लाख)
  • गैरकर राजस्व ४.६२ प्रतिशत (रु सात अर्ब १३ करोड २१ लाख)
  • वैदेशिक अनुदान २.३८ प्रतिशत (रु एक अर्ब २७ करोड ३७ लाख)

सुरुआती दुई महिनामै बजेट खर्च र राजस्व संकलनमा देखिएको यो सुस्त गति आर्थिक वर्षभरि कस्तो प्रभाव पार्छ भन्ने प्रश्न उठ्न थालेको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै