• Jana Kura

  • 2025-05-28

 

काठमाडौं १४ जेठ — नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले ज्यानमार्ने अभियोगमा सफाइ दिएको छ।

आलममाथि विस्फोटक पदार्थ प्रयोग गरी हत्या गरेको गम्भीर आरोप थियो। २०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका व्यक्तिहरूलाई इँटा भट्टामा हालेर जिउँदै जलाएको आरोप लागेका थिए। यसै अभियोगमा जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

तर उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै आज आलमलाई सफाइ दिएको हो।

उक्त मुद्दा २०८१ साल असार २७ गते पुनरावेदनको लागि उच्च अदालतमा दर्ता गरिएको थियो। लामो कानुनी प्रक्रिया र बहसपछि अदालतले आलमलाई निर्दोष ठहर गर्दै रिहा गर्ने निर्णय सुनाएको हो।

यो फैसलापछि राजनीतिक वृत्तदेखि सर्वसाधारणबीच मिश्रित प्रतिक्रिया देखिएको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै