• 2020-08-18


    प्रनेल महर्जन/ कञ्चन खड्का

    टाेखा लाइभ,भाद्र २,काठमाडौं

    बुढानिलकण्ठ नगरपालिका वडा नं ६ लुडेँखाेलाको बाढी समस्या समाधानका लागि बागमती प्रदेस सरकारले पहल थालेको छ। सो क्षेत्रमा लुडेँखाेला कोरिडोर सहित अन्य पूर्वाधार निर्माण गर्दै सो क्षेत्रको बाढी र डुवान समस्या समाधानका लागि बागमती प्रदेस सरकार बाट बिनियोजन गरिएको ४० लाख बजेट बाट प्रारम्भिक कार्य शुरु गर्नका लागि जनप्रतिनिधि र प्राविधिक सहितको टोलीले निरीक्षण गरेको छ।

    जलश्रोत तथा सिचाइ डभिजन कार्यालय बाट निरीक्षक सहित प्राविधिक टाेली बोलाएर सो क्षेत्रको नापजाँच गरि यहि महिनाबाट काम सुरु गर्ने वारेमा छलफल भएको वडा नं ६ का अध्यक्ष नबिन केसीले जानकारी दिएका छन।

    बागमती प्रदेस सभा सदस्य दिपक निरौला ,नेकपा बुढानिलकण्ठका सचिव प्रदिप डंगोल ,बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का अध्यक्ष नबिन केसी सहितको उपस्थितिमा भएको छलफलमा स्थानीयहरुले सो स्थानमा बाढीले कल्भर्ट बगाएकोले हिडडुलमा समस्या परेको पिडा पोखेका थिए।

    सो अवसरमा बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलले हाल सो खोलामा पर्खाल निर्माण गर्ने र वर्षा अलि कम भए संगै कल्भर्ट निर्माणको कार्य शुरु गरिने जानकारी स्थानीयहरुलाई गराएका थिए। त्यस्तै उनले बुढानिलकण्ठ नगरपालिका वडा नं ४ को पहिरो प्रभावित क्षेत्रमा १० लाख बजेटले नाप जांच र नक्शांकन गर्दै कार्य अगाडी बढाउने जानकारी दिदै अन्य क्षेत्रको पूर्वाधार विकास र बाढी समस्या समाधानका लागि सक्दो पहल गर्ने बताएका थिए।

    (प्रनेल महर्जन/ कञ्चन खड्का सुशासन र समृद्धिका लागि संचार अभियानका प्रसिक्षार्थी पत्रकार हुन्

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै