• Jana Kura

  • 2025-05-12

काठमाडौँ, २९ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धजयन्तीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

बुद्धको २५६९औँ जन्मजयन्तीका सन्दर्भमा जारी शुभकामना सन्देशमा अध्यक्ष दाहालले नेपालजस्तो विविधतायुक्त समाजमा साँच्चिकै राष्ट्रिय एकता कायम गर्न सबै सांस्कृतिक पहिचानको सम्मान र संरक्षण अनिवार्य भएको उल्लेख गरेका छन्।

“इतिहासको रथलाई पछाडि होइन, प्रगतिका दिशामा अघि बढाउनु आजको आवश्यकता हो,” अध्यक्ष दाहालको भनाइ छ। उनले बुद्धजयन्तीलाई केवल धार्मिक वा सांस्कृतिक उत्सवको रूपमा मात्र नभई सामाजिक रूपान्तरण र यथास्थितिविरुद्धको विद्रोहको प्रेरणादायी क्षणका रूपमा स्मरण गर्नुपर्ने बताए।

उनले गौतम बुद्धले देखाएको करुणा, अहिंसा र मध्यम मार्गले तत्कालीन समाजमा व्याप्त जातीय, लैङ्गिक भेदभाव र अन्धविश्वास विरुद्ध शान्तिपूर्ण विचार-क्रान्तिको सुरुवात गरेको उल्लेख गर्दै आज पनि ती शिक्षाले न्याय, समानता र समावेशीतामा आधारित समाज निर्माणको प्रेरणा दिएको बताए।

“क्रान्ति र शान्ति विरोधाभासी होइनन्, समाज रूपान्तरणका पूरक हुन्,” दाहालले भने, “बुद्धको दर्शनले हामीलाई यही गहिरो पाठ सिकाएको छ।”

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै