हेटौंडा, बैशाख २२ – बागमती प्रदेश सरकारले यही आउँदो बैशाख २४ गते, बुधवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गर्दै ‘सरकारी कामकाजको भाषा सम्बन्धी दिवस’को अवसरमा उक्त दिन सम्पूर्ण प्रदेशभर सार्वजनिक बिदा लागू हुने जानकारी गराएको हो।
मन्त्रालयका अनुसार प्रदेश राजपत्र खण्ड ८, संख्या ३२, मिति २०८१ सालको चैत २१ गते प्रकाशित सूचना अनुसार यो निर्णय कार्यान्वयनमा ल्याइएको हो।
प्रदेशवासी सबैलाई यस बिदाको जानकारी गराउँदै मन्त्रालयले सो दिन प्रदेश सरकारका सबै कार्यालयहरू बन्द रहने स्पष्ट पारेको छ।