• Jana Kura

  • 2025-05-01

 

काठमाडौँ, १८ वैशाख — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा देशविदेशमा रहेका सबै श्रमिक दिदीबहिनी, दाजुभाइ र आमाबुबालाई सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

श्रमिक दिवसको सन्दर्भमा उहाँले जारी गर्नुभएको सन्देशमा, नेपाल मात्र होइन, विश्वभरका श्रमिकहरूप्रति ऐक्यबद्धता जनाउँदै, उहाँले श्रमिक वर्गले देशमा न्याय, समानता र अधिकारका लागि गरेको संघर्ष र बलिदानको सम्मान गर्नुभएको छ।

उहाँले भन्नुभएको छ, “सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको सपना साकार पार्दै नेपाली समाजलाई विशेष पहिचानसहितको समाजवादतर्फ अघि बढाउनु आजको आवश्यकता हो।”

सन्देशमा अमेरिकाको शिकागो सहरमा आठ घण्टा कार्य समयको मागसहित सुरु भएको श्रमिक आन्दोलनको स्मरण गर्दै, हरेक वर्ष वैशाख १८ (मे १) लाई संसारभर श्रमिक दिवसका रूपमा मनाइने परम्परा उल्लेख गरिएको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै