नविना श्रेष्ठ
बैशाख १३,२०८२
नेपाली कांग्रेस काठमाडौंका पूर्व जिल्ला सभापति, पूर्व स्वास्थ्य मन्त्री राज्यमन्त्री, काठमाडौं महानगरपालिकाका पुर्व उप-प्रमुख, एवम् नेवाः देय् दवुका सल्लाहकार पुर्व मन्त्रि तीर्थराम डंगोलको आज बिहानकाे समयमा निधन भएको परिवारजनले बताएको छ। तीर्थराम डंगोलको निधनको खबरले काठमाडौँबासी र राजनीति दल स्तब्ध भएको छ। दिवंगत डंगोलप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्न नेपाली कांग्रेसका मन्त्री महामन्त्री काठमाडौँ महानगरपालिकाका उपमेयर विभिन्न पदमा आबद्ध भएका बुद्धिजीवी व्यक्तित्वहरूको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा उपस्थिति रहेको थियो।
नेपाली कांग्रेस काठमाडौंका पूर्व जिल्ला सभापति, पूर्व मन्त्री तथा २०६२/०६३ को जनआन्दोलनका काठमाडौं कमाण्डर, नेपाल सरकारका पुर्ब स्वास्थ राज्य मन्त्री, प्रेरणादायी व्यक्तित्व तीर्थराम डंगोलको दुःखद निधनको खबरले अत्यन्तै मर्माहित र स्तब्ध तुल्याएको छ । संघर्षशील एवम् त्यागी व्यक्तित्व उहाँको निधनले नेपाली कांग्रेस लगायत सिङ्गो देशले एउटा कुशल, इमान्दार र निष्ठावान नेता गुमाएको छ । यस दुःखद घडीमा दिवंगत डंगोलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्यधारणाको कामना सहित गहिरो समवेदना व्यक्त गरेका छन्।
