• Jana Kura

    • 2025-04-22

    मंगलबार (वैशाख ९) एक तोला छापावाल सुनको मूल्य एक लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

    स्थानीय बजारमा सोमबार (वैशाख ८)को तुलनामा यस दिन सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँले बढेको हो ।

    चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँ कायम भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै