• Jana Kura

  • 2025-03-06

 

नविना श्रेष्ठ
फागुन २२,२०८१

एक एक वर्षमा हुने कुम्भ मेला र १२-१२ वर्षमा हुने कुम्भ मेला सँगसँगै अहिले छिमेकी मुलुक भारतमा १४४ वर्षमा भएको महाकुम्भ मेला देश बिदेशबाट लाखौं श्रद्धालु भक्तजनहरुले मेला दर्शन एक स्नान गरेको छ। कुम्भ मेला सँगसँगै तिथि मितिहरु सबै एकै नास एकै मिलिएको तिथिसँगै १४४ वर्षको महाकुम्भ जोडिएको बताएका छन् एक महिनाको महाकुम्भ मेला गङ्गा जमुना सरस्वती यी तीन नदी एकै ठाउँमा जोडिएको स्नान त्रिवेणी धाम त्रिवेणी संगम भनिँदो रहेछ। यस त्रिवेणी धाम त्रिवेणी संगम भएको ठाउँमा महाकुम्भ मेला त्रिवेणी संगममा स्नान गरी पाप नाश गर्ने होइन कि आफ्नो भयावह रोग व्याधि नाश हुने जनविश्वास आम मानिसले गरेका छन्। यिनै विश्वासलाई मध्यनजर गरी त्रिवेणीसँगमा स्नान गर्नेको घुइँचो करोडौं नागेको बताइन्छ।

देश विदेशदेखि भक्तजनहरूको स्नान गर्न निकै घुइँचो भएको थियो। ”भारतकी संस्कारिक एवं आध्यात्मिक चेतनाका संगम आओ चले महाकुम्भ ”भन्ने मूलनारा राखी भारतको प्रधानमन्त्री मोदीको फोटो राखी भित्ताभित्तामा टाँसिएको थियो। स्नान पर्व पौष पूर्णिमा २३ जनवरी मकर संक्रान्ति १४ जनवरी मौनी अमावस्या २९ जनवरी बसन्त पञ्चमी ३ फेब्ररी माघ पूर्णिमा १२ फेब्रुअरी महाशिवरात्री २६ फेब्ररी सम्मको स्नान गर्ने गरेको थियो। करिब ६९ करोड भन्दा बढीले महाकुम्भ तीर्थस्थल त्रिवेणी संगम प्रयागराजमा स्नान गरी फर्किएको बताएका छन्। महाकुम्भ मेलामा नेपाली चलचित्रकर्मी नेपालको राजनीतिकर्मी गर्ने साधुसन्त धर्मालम्बी हरूको निकै घुइँचो लागेको थियो।

प्रयागराज त्रिवेणी संगममा निकै घुइँचो भएर वीरलाई छिचोल्न नसकेपछि नदी जहाँनिर भेटियो गङ्गालाई जानेर आफूले टच गर्न सक्यो त्यही निर स्नान गरेर फर्केका कयौं मानिसहरूलाई लुटो लाग्ने समस्याले सताएको छ। मुख्य त्रिवेणी धाममा स्नान नगरी फर्केका मानिसहरूलाई यो समस्या देखापरेको हो। त्रिवेणी धाममा स्नान गरी लुटो लाग्यो लुट्टोले सतायो भन्ने कुरा सामाजिक सञ्जालमा हामीले देख्न र सुन्न सकिन्छ तर मुख्य समस्या पनि त्यहाँबाट भएको होइन म आफै पनि महाकुम्भ स्थानमा स्नान गरेर फर्किएको थिए त्यो समस्या भएको छैन।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै