❝ नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान विजुक्छें सर्वसम्मत ❞
Jana Kura
2025-03-05
काठमाडौं २१ फागुन /नेपाल मजदुर किसान पार्टीको अध्यक्षमा पुनः नारायणमान विजुक्छें सर्वसम्मत निर्वाचित भएका छन् ।पार्टीको आठौँ महाधिवेशनबाट आठौँ पटक उनी पुनः सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् । यश अघि २०३१ माघ १० मा उनकै नेतृत्वमा स्थापना भएको पार्टीको आठौँ महाधिवेशनसम्म उनी नै निरन्तर अध्यक्षमा सर्वसम्मत निर्वाचित हुँदै आएका हुन् । यहि फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो । नारायणमान विजुक्छें हाल ८५ वर्षका भए ।