• Jana Kura

  • 2025-02-28

 

काठमाडौं १६ फागुन /नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन आजदेखि भक्तपुरमा सुरु हुँदैछ । पाँच दिनसम्म चल्ने महाधिवेशनमा देशको वर्तमान राजनीतिक अवस्था, आर्थिक नीति र अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयमा गहन छलफल हुने पार्टीले जनाएको छ ।

पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईंका अनुसार महाधिवेशनमा काठमाडौं उपत्यकाका तीन जिल्लासहित सातै प्रदेशबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताको सहभागिता रहनेछ ।

महाधिवेशनको उद्घाटन आज बिहान १० बजे कमलविनायकको लान्चाफल्चा, मध्यपुरथिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक बस बिसौनी, काठमाडौँको कोटेश्वर, ताथली लगायतका स्थानबाट बाजागाजा र झाँकीसहितको सांस्कृतिक कार्यक्रमसहित सुरु हुनेछ । दिउँसो १ बजे सल्लाघारीमा पुगेर उद्घाटन सत्रमा परिणत हुने कार्यक्रम रहेको छ ।

२०३१ सालमा नारायणमान बिजुक्छेँ ‘रोहित’को नेतृत्वमा स्थापना भएको नेमकिपाको यो आठौं महाधिवेशन हो । यसअघिका सबै महाधिवेशनबाट बिजुक्छेँ सर्वसम्मत रूपमा अध्यक्ष चयन हुँदै आएका छन् । सातौं महाधिवेशनबाट बिजुक्छेँको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन भएको थियो । यस महाधिवेशनमा बिजुक्छेँले नै नेतृत्व पाउने हुन् वा नयाँ नेतृत्व आउने हो भन्ने विषयमा सबैको चासो रहेको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै