काठमाडौं २१ पौष ।
सुकुन्दा साहित्य पालाकाे अायाेजनामा प्रदर्शनी मार्ग स्थित रत्न राज्यलक्ष्मी क्याम्पसकाे सभा हलमा काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलकाे प्रमुख आतिथ्य,हितकार विरसिं कंसाकारकाे र क्याम्पस प्रमुख प्रा.डा. जिवनधर ज्ञवालीकाे विशेष अतिथि र पालाका पूर्व अध्यक्षहरु,शिक्षक शिक्षिकाहरुकाे आतिथ्यमा कार्यक्रम सञ्चालन भएको हाे।
प्रमुख अतिथि सुनिता डंगोल द्वारा सुकुन्दामा दिप प्रज्वलन गरेर सुभारम्भ भएको कार्यक्रममा नेपालभाषा अध्ययनरत अन्टराष्ट्रिय सेपाकताक्राे खेलादि सुमित्रा डंगोल,त्रिभुवन विश्वविद्यालय नेपालभाषा टपर साेमि डंगोल ,स्नातकोत्तर तह रत्न राज्यलक्ष्मी क्याम्पस नेपालभाषा टपर कृता बज्राचार्य लगायत सम्मानीत भए । नेपालभाषा स्नातक तहमा अध्यन गर्न भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्ने, स्नातक र स्नातकोत्तर तहमा अाफ्नाे अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई विदाइ गर्ने कार्यक्रममा पालाका सचिव रिदेन महर्जनले नेपालकाे अस्तित्व र इतिहास संग प्रत्यक्ष सम्बन्धित नेवा: जाती र भाषाकाे ठुलाे महत्त्व रहेकाे बताउनुका साथै नेपालभाषा अध्ययन स्नातक र स्नातकोत्तर तहमा पूरा गरेका विद्यार्थी हरुकाे उज्ज्वल भविस्यकाे कामना गर्नुका साथै नेपालभाषा अध्ययन गर्न रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक तहमा भर्ना भएका विद्यार्थी हरुलाई स्वागत गरे ।

विशेष अतिथि क्याम्पस प्रमुख प्राडा. जीवनधर ज्ञवालीले नेपालकाे अस्तित्व र इतिहास संग प्रत्यक्ष सम्बन्धित नेवा: जाती र नेपालभाषाकाे ठुलाे महत्त्व रहेकाे बताउनुका भाषा रहे मात्रै कनै पनि जातीकाे अस्तित्व रहन्छ त्यसैले रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपालभाषा अध्यापन र अध्ययन गर्न नेपालभाषा अभियान्ता प्रशान्त डंगोल ,रिदेन महर्जन लगायत अभियान्ताहरुकाे पहल कडमिकाे खुलेर प्रसंसा गर्दै नेपालभाषा अध्यापनमा कुनै कमिकम्जाेरी हुन नदिने वाचाका गरे।
विषेश अतिथि हितकर वीर सिंकंसाकारले सबै पालाहरु निष्क्रिय रहेकाे अवस्थामा सुकुन्दा साहित्य पाला पुन: गठन गरेर विविध क्रियाकलाप गर्दै नेपालभाषा अध्ययनरत विद्यार्थी हरुलाई आकर्षण गर्दै आइरहेकाेमा खुसि व्यक्तगरे।

प्रमुख अतिथि काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले नेपालभाषा अभियान्ताहरुकाे पहलमा स्नातक र स्नातकोत्तर तहकाे अध्यापन रत्न राज्यलक्ष्मी क्याम्पसमा भैरहेकाे प्रति खुसि व्यक्त गर्नुका साथै
नेपालभाषा विषयमा विद्यार्थी आकर्षण गर्न र शिक्षाक शिक्षिकाहरुलाई प्राेत्साहन गर्न नेपालभाषा अध्यापन निरन्तरता गर्न महानगरकाे मात्रै मुख ताकेर नबसिकन नेपालभाषा अध्यापनकालागी समयानुकूल आवश्यक पुर्वाधारकाे व्यवस्थापन गर्न क्याम्पस प्रशासनले यथासिघ्र स्थायी दर्वन्दीकाे माग गरेर नेपालभाषालाई स्थायीत्व दिन पहल कदम चलाउनु पर्ने बताउनुकासाथै यसाे गर्दा विद्यार्थी ,शिक्षक हरुलाई सुविधा हुनेत भयाेनि क्याम्पस अात्मनिर्भर भएर सञ्चालन गरेकाे विषयले समाज र देसमा छुट्टै प्रभाव पार्ने हुनालेल
निकत भविस्यमै आवश्यक दर्वन्दीकाे माग गरि व्यवस्थित तवरले नेपालभाषा अध्यापन अगादि बधेकाे हेर्ने इच्छा रहेकाे र साे कार्यकाे लागि आफ्नाे तर्फबाट गर्नुपर्ने सम्पूर्ण साथ र सहयाेग रहन्छ भन्नेकुरा बताए ।
साेकार्यक्रमका सभाध्यक्ष सुकुन्दा साहित्य पालाका अध्यक्ष प्रशान्त डंगोलले कार्यक्रम आयाेजना गर्नुकाे मुख्य उद्येश्य नेपालभाषीहरुकाे बहुमुल्य सम्पत्ति भाषा, काला,साहित्य ,संस्कृति,संस्कार ,सम्पदाकाे अध्ययन अध्यापन गर्न सहज वातावरण निर्वान गर्न,विद्यार्थी हरुलाई आकर्षण गर्न साथै साे नेवा:सम्पदाकाे संरक्षण सम्वर्दन व प्रवर्दन गर्न नेवा: संघसंस्थाहरुलाई घच्घचाउने र नेपालभाषाका विद्वान विदुसिहरुले भाषा, कला,साहित्य, संस्कृति,क्षेत्रमा पुर्याउनुभएकाे याेगदानकाे उचित मुल्यांकन गरी उनिहरुद्वारा रचित बहुमुल्य कृतिहरुकाे संरक्षण गर्न अप्रकाशित कृतिहरु नेपालभाषा एकेडेमीमार्फत प्रकाशनमा ल्याउन सन्देश दिन साे कार्यक्रम आयाेजना गरेकाे बताय।
कार्यक्रम नेवा: गायक,लिपि अभियान्ता पवित्र वीर कंसाकारले सञ्चालन गरेका थिए।