• Jana Kura

    • 2024-11-19

     

    काठमाडौं ४ मंसिर ।दुर्गा प्रसाइलाई आज प्रहरीले पक्राउ गरेका छन् । प्रसाईंले प्रधानमन्त्री केपी ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका हुन् । उनलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ ।
    आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वीर अस्पतालमा स्वास्थ्य जाँच पश्चात थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले बताए ।

    उनका अनुसार उनीमाथि प्रधानमन्त्री ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । प्रसाईंले कीर्ते कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएको बताएको छ ।उनले हिजो मात्र केपी ओलीको कम्बोडियामा अर्बौंको लगानी रहेको बताएका थिए । ओलीको लगानी भएको वा नभएको प्रहरीको छानबिन पछि मात्र थाहा हुनेछ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै