• 2024-08-26

print sharing button

काठमाडौं १० भाद्र । साफ यु–२० च्याम्पियनसिपमा भुटानलाई हराउदै नेपाल फाइनलमा पुगेको छ ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल खेलमा भुटानलाई  पेनाल्टीमा ४–१ले हराउदै नेपाल फाईनलमा पुगेको हो ।निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटमा गएको थियो ।पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरेका हुन।

अब उपाधिका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। यु–२० साफ च्याम्पियनसिपको सेमिफाइनल खेलमा भारतलाई हराउदै बंगलादेश फाइनल प्रवेश गरेको छ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा बंगलादेशले भारतलाई ४–३ ले हराएको हो।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै