• 2024-08-08

    नविना श्रेष्ठ /काठमाडौँ, २३ साउन : कीर्तिपुर नगरपालिकाका मेयर स्वर्गीय राजकुमार नकर्मीको १३ औं दिनको पुण्यतिथी श्रद्धाञ्जली सभा बाघभैरव पार्टी प्यालेन्समा सम्पन्न भएको छ। श्रद्धाञ्जली सभा कीर्तिपुर नगरपालिकाले आयोजना गरेको हो। किर्तिपुर नगरपालिकाका मेयर स्व.राजकुमार नर्कमीको श्रीमती जमुना नर्कमीको पनि श्रद्धाञ्जली सभामा उपस्थित रहेको थियो। भने यस कार्यक्रममा नेपाली कांग्रेसका उपप्रधान सहरी विकास मन्त्री प्रकाशमान सिंह, काठमाडौँ जिल्लाका सभापति सबूत कृष्ण बानिया, पूर्वमन्त्री भीमसेन दास प्रधान, बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, काठमाडौँ क्षेत्र नम्बर १० का सांसद राजेन्द्र केसी, कीर्तिपुर नगर सभापति कृष्णमान डंगोल, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका मेयरका कार्यभाग उपमेयर ज.स.पाका शुभलक्ष्मी शाक्य लगायत जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी पार्टी लगायत विभिन्न पार्टीका शुभचिन्तक व्यक्तित्वहरूले श्रद्धाञ्जली दिन सभा हलमा उपस्थिति रहेको थियो।

    श्रद्धाञ्जली सभामा स्वर्गीय राजकुमार नकर्मीको असल स्वभाव, पार्टीप्रतिको अटुट योगदान दिएको र आफू अस्वस्थ भए तापनि नगरको निकै चिन्ता लिने नगरवासीको भविष्यको बारेमा बफादार पुर्वक सधै चिन्तन मनन गर्ने प्रवृत्ति उहाँमा रहेको बताएको थियो। २०४६ सालको जनआन्दोलन देखि २०५७ साल, र २०६२,२०६३ सालको जनआन्दोलनमा पनि उहाँ सक्रिय रुपमा आफ्नो जिम्मेवारीका साथ आन्दोलनमा सरिक हुनुहुन्थ्यो। उपप्रधान सहरी विकासमन्त्री प्रकाश मान सिंहले जसले मृत्युलाई बुझेको हुन्छ,उसले जिवनलाई बुझेको हुन्छ, स्व.राज कुमारले जिवनलाई बुझेको भएर उहाँ सान्दारका साथ उहाँ स्वर्गीय हुनुभयो जीवन कति खेर सकिन्छ हामी कसैलाई थाहा छैन। किर्तिपुरको क्षेत्रमा सबै नेताहरुले चिनिने कार्यकतामा स्व . राजकुमार नकर्मि उहाँमा हकि,निडर स्वभाब ,मेहेनती, लगनशीलता उहाँको त्याग, तपस्या, योगदानलाई पार्टीले कहिले बिर्सन नसकिने मन्त्री सिंहले बताउनुभयो।

    स्व. नकर्मी लामो समयदेखि सुगर रोगले पीडित भएको उहाँ २०४६ सालको जन आन्दोलनमा पनि निकै सक्रिय रुपमा अग्रसर रहनुभयो । जनता समाजवादी पार्टी,राष्ट्रिय स्वतन्त्र पार्टी, माओवादी पार्टी,तथा विभिन्न पार्टीका व्यक्तित्वहरुले स्वर्गीय राजकुमारको योगदानको बारेमा निकै चर्चा गर्नुभएको थियो।कार्यक्रमका सभापति किर्तिपुर नगर सभापति कृष्ण मान डंगोल, नकर्मीले पुर्याउनु भएको त्याग तपस्या तत्परता योगदान ,माया प्रेम साथ सहयोग दिनरात नभनिकन पार्टीलाई गरेको योगदानको बारेमा सबै सामु राख्नुभएको थियो । किर्तिपुर नगरपालिकाकाका मेयर स्वर्गीय नकर्मी २०८१ /०४/१० गते स्वर्गारोहण भएको थियो । उहाँको नीति निर्माण योजना उहाँले देखाउनुभएको बाटो सधैं सकारात्मक ढंगले निभाउने कोसिस गर्दै नगरवासीलाई सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाए। कार्यवाहक उपमेयर शुभ लक्ष्मी शाक्यले सबै सामु गहभरी आँसु राख्दै विश्वासको मत खेर जान दिने छैन भन्दै श्रद्धाञ्जली सभा कार्यक्रम समापन गरिन ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै