नविना श्रेष्ठ साउन ०३,२०८१ /न भुतकाल यस्तो महायज्ञ भयो न त भविष्यमा हाम्रो जीवन कालमा हुन सक्ला नसक्ला भन्दै एैतिहासिक श्री पशुपति कोटिहोम एंव २०८१ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ असार ३१ गते सोमवार देखि सुरू भएको छ। अभिभावक विहिन अनाथ तथा आधारभुत आवश्यकताबाट बञ्चित बालबालिकाहरूलाई नि:शुल्क रुपमा गास,बास,कपास स्वास्थ्य र शिक्षा प्रदान गर्दै आईरहेको नेपालकै नमुना मामाघर,अनाथालय आश्रम ललितपुर र बेसाहारा पिडित दुखि गरिवी र आधारभूत आवश्यकताबाट बञ्चित ज्येष्ठ नागरिकहरुलाई नि: शुल्क रुपमा गास, बास, कपास र स्वास्थ्य प्रदान गर्दै आईरहेको छ।

छोरीको घर ज्येष्ठ नागरिक आश्रम भक्तपुरको सहयोगार्थमा यहि श्रावण १ देखि ३२ गते सम्म श्री पशुपति क्षेत्र(वनकाली) हंस मण्डप काठमाडौं श्री मानव सेवा फाउन्डेसन नेपाल संस्था द्धारा आयोजना हुने ऐतिहासिक श्री पशुपति कोटिहोम एंव १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ लाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि यस महायज्ञमा उपस्थितिको लागि विशेष सम्मान ग्रहण समेत गरि विशुद्ध धार्मिक, सामाजिक र मुनाफा रहित पुण्यको लागि उपस्थितिलाई निमन्त्रणा गरेको छ। यहि असार ३१ गते सोमवार विशाल कलश यात्रा गरेको थियो। शोभा कलश यात्रामा विभिन्न संघ संस्थाहरुले स्वयं सेवक भएर साथ सहयोग गरेका थिए ।

नेपाल स्काउट बागमती प्रदेशका सामुदाय आयुक्त धर्म भक्त मल्लको नेतृत्वमा काठमाडौं महानगरपालिका, ललितपुर, गोकर्णेश्वरका रोभर, रेन्जरहरको उपस्थितिसंगै कलश यात्रीहरूलाई भोलेन्टरको रूपमा सहयोग गरेको थियो। एक महिनासम्म हुने यो श्रीमद्भागवतका कथावाचेकाहरू भने सु. प्रसिद्ध कथावाचिका परम पूज्या राधिका दासी, अन्तर्राष्ट्रिय प्रवक्त परम पुज्या देवी प्रतिभा, वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल, श्रीमद् देवी भगवत वाचिका बिन्दुषी डा.कान्ता भट्टराई साथमा श्री राम कथा वाचिका देवीचन्द्रकला सखी रहेका छन्।

