❝ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न ❞
2024-07-01
नविना श्रेष्ठ
काठमाडौँ, १७ असारःनेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ ऐतिहासिक प्रथम राष्ट्रिय अधिवेशन काठमाडौँको प्रज्ञाभवन कमलादीमा एक कार्यक्रम सहित सम्पन्न भएको छ। आदिमकालदेखि नै नेपालका आदिवासी जनजातिहरूले समुन्नत नेपालको परिकल्पना गरेका थिए। राष्ट्र र राष्ट्रियतालाई मजबुत बनाउनका लागि इतिहासका विभिन्न कालखण्डमा उनीहरूको आफ्नो बलिदान दिएका छन्। आदिवासी जनजातिहरू मातृभूमिप्रति श्रद्धाभाव राख्छन् भगवान मान्छन् र भूमिलाई पुज्छन्। आदिवासी जनजातिहरु प्रकृतिप्रति विश्वास राख्छन् र प्राकृतिक सम्पत्तिको संरक्षणको लागि दिलोज्यानले सहयोग गर्छन्। नेपाल लोकतन्त्र आदिवासी जनजाति महासङ्घको प्रथम ऐतिहासिक राष्ट्रिय ऐतिहासिक राष्ट्रिय महासंघको कार्यक्रमका प्रमुख अतिथीमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा रहेको थियो।भने नेपाली महिला संघको आयोजनामा कार्यक्रम संचालन भएको थियो। पार्टीको नीति, सिद्धान्त तथा महिला संघको भावीरण नैतिक योजना बिषयक गोष्ठीको उद्घाटन भएको हो।
विशिष्ट अतिथीमा बरिष्ठ नेता डा.शेखर कोइराला महामन्त्री विश्वप्रकाश शर्मा पार्टी प्रवता डा. प्रकाश शरण महत रहेका थिए। २०७२ सालमा जारी नेपालको संविधानमा व्यवस्था भएको बहुजातीय बहुभाषिक बहुसांस्कृतिक बहुधार्मिक विविधतामा एकताका साथ जातीय सद्भाव र सामाजिक सांस्कृतिक एक्यबद्धता र सद्भावलाई कायम राखी आदिवासी जनजातिको अधिकारलाई सुनिश्चित गर्न लोकतन्त्रमा मात्रै सम्भव हुने कुरालाई मनन गरेको छ। शिक्षा र सरकारी काम कागजमा बहुभाषिक नीतिको कार्यान्वयन जनसङ्ख्याको आधारमा आदिवासी जनजाति महिलाको पहिचान सहितको राज्यको अङ्ग र तहहरूमा प्रतिनिधित्व र आदिवासी महिलाको ज्ञान कला र सीपको संरक्षण र सम्बर्द्धन लगायत आदिवासीको मुद्दाहरूको अडान राख्दै आएको पनि छ। नेपाल लोकतन्त्र आदिवासी जनजाति महासङ्घको प्रथम ऐतिहासिक राष्ट्रिय महासङ्घको केन्द्रीय सभापतिमा ओमबहादुर धाती मगर चुनिएको छ। भने उपसभापतिमा मोहन चन्त्याल सदस्यहरू मोहनलाल तामाङ मदनलाल श्रेष्ठ सरिता राणा मगर लगायत सम्पूर्ण नवनिर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै कार्यक्रम उपस्थित सम्पूर्ण आदिवासी जनजाति प्रेमीहरूलाई धन्यवाद दिई कार्यक्रम समापन गरेको थियो।