काठमाडौँ, १६ जेठ :काठमाडौँ अन्तरराष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २१औँ संस्करण आज जेठ १६ देखि २० गते (२९ मेदेखि २ जुन, २०२४) सम्म आयोजना हुने भएको छ । काठमाडौँ महानगरपालिकाको सह-आयोजनामा हुने महोत्सव राष्ट्रिय सभा गृह र नेपाल पर्यटन बोर्डमा शुरु भएको छ । यस वर्षको नारा ‘इकोज अफ चेन्ज’ अर्थात् ‘परिवर्तनको प्रतिध्वनि’ तय गरिएको छ । महोत्सवमा २२ देशका ६० भन्दा बढी चलचित्र प्रदर्शन हुनेछन् ।किम्फको अन्तरराष्ट्रिय प्रतियोगिताअन्तर्गत वृत्तचित्र, आख्यान (कथानक), लघु तथा प्रयोगात्मक चलचित्र समावेश छन । यसैगरी नेपाल पानोरामा शीर्षकअन्तर्गत विगतमा जस्तै स्वदेशी प्रतिभाका रोमाञ्चक फिल्महरु प्रदर्शन हुनेछन् । यी चलचित्रले समकालीन नेपालको कथा उजागर गर्नेछन् ।