• 2024-05-23

    काठमाडौं १० जेष्ठ / २५६८ औं बुद्ध पूर्णिमा, बुद्ध जयन्तीका अवसरमा द स्प्रिचुअल आर्ट,यल आर्ट ग्यालरी र आर्ट बुमको सयुक्त आयोजनामा ” बौद्ध दर्शन सम्बन्धि कला प्रदर्शनी सुरु भएको छ। कला प्रदर्शनीको प्रमुख अतिथी तिब्बतीयन लामा गुरु लोब्साङ्ग तोप्ग्यालले उद्घाटन गर्नुभयो । बुद्ध पूर्णिमा, बुद्ध जयन्ती पर्वको अवसरमा ‘ बौद्ध दर्शन’ कला सम्बन्धि प्रदर्शनी शिर्षकका कला प्रदर्शनीमा सहभागी कलाकारहरुलाई प्रमुख अतिथी तिब्बतीयन लामा गुरु लोब्साङ्ग तोप्ग्यालले खादा ओदाइ प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नुभयो ।

    बौद्ध दर्शन’ कला काठमाडौं बौद्ध स्तुपा ‘खास्ती’ स्थित द स्प्रिचुअल आर्टमा प्रदर्शनी भएको छ। पाँच दिन चल्ने कला प्रदर्शनीमा यसपटक २०जना कलाकारले सृजना गरेका बौद्ध दर्शन’ कला शिर्षकका ३० वटा सृजनाशिल कलाहरु प्रदर्शनीमा राखिएको छ।प्रदर्शनीमा कलाकार सजीव शाक्य,रत्न शाक्य,रुषा बज्राचार्य,उत्तम डंगोल,सुष्मा राजभण्डारी,राजु पिठाकोठे,सविता चित्रकार,प्रकाश मिजार,धर्मराज शाक्य,श्रेया हाडा श्रेष्ठ,सरला श्रेष्ठ,अनिता श्रेष्ठ इजालोमा लिम्बु,मलिका उदास,सुष्मा श्रेष्ठ,जुनु माली श्रेष्ठ,कृति शाह चन्द,खलेन्द्र तुलाधर,आशा काजी मानन्धर, राजकुमार रानामगर लगायत कलाकारका कला समावेश गरिएको छ।

    द स्प्रिचुअल आर्टका संस्थापक/निर्देशक/कलाकार सजीव शाक्यले आध्यात्मिक कला एक कला कम्पनी हो जहाँ परम्परागत र समकालीन चित्रहरू सिर्जना गरिन्छ। यो २००६ मा थाइना, ओकुबहल, ललिपुरमा स्थापना भएको बताउदै विदेशी र नेपालीलाई परम्परागत चित्रकला सिकाउँदै आएको  र २००८ देखि चित्रकला र धातु गहनाहरू सहकार्य गर्न थालेको बताए ।द स्प्रिचुअल आर्ट कम्पनीको मुख्य उद्देश्य विश्वमा नेवारी चित्रकला र कलाको प्रचार र प्रसार गर्नु हो र हाल विश्व सम्पदा क्षेत्र, खस्ती महाचैत्य (बौद्ध सर्कल), काठमाडौंमा आफ्नो शाखा विस्तार गरेको छ । बौद्ध स्तुपा विश्वका सबै जनताको पवित्र स्थान भएकाले बुद्ध पूर्णिमाको शुभ अवसरमा बौद्धमा ‘बुद्ध’ नामक विशेष प्रदर्शनी गर्ने निर्णय गरेको बताउनुभयो ।

    ललितकला गुठी र यल आर्ट ग्यालरीका क्युरेटर कलाकार उत्तम डंगोलले ललितकला गुठी कलाकारहरूको साझा संगठन भएको बताए । ललितकला गुठी र यल आर्ट ग्यालरी विगत दशकौं देखि कला संस्कृति, साहित्य अन्तर्गत रहि कला प्रदर्शनी, अन्तक्रिया, पुस्तक प्रकाशन गरिरहेको जानकारी गराउदै २५६८ औं बुद्ध पूर्णिमा, बुद्ध जयन्तीका अवसरमा भई रहेको कला प्रदर्शनी बौद्ध दर्शन अन्तर्गत कलाकारहरूले चित्रकलाहरू निर्माण गरेको साथै बौद्ध दर्शनलाई कसरी हेर्ने र मनन् गरि आ-आफ्‌नो क्षेत्रमा अभिव्यक्त माध्यम भएको बताए । जस अन्तर्गत चित्रकार, मुर्तिकारहरूले विगत दशकौं देखि आ-आफ्‌नो शैलीमा अभिव्यक्त गरेको पाइन्छ । हालको यस कला प्रदर्शनीमा कलाकारहरूले बुद्धका आकृति, बौद्ध स्तुपा, सम्पदाका आकृतिहरू चित्रकला मार्फत अभिव्यक्त गरेको बताउनुभयो ।

    आर्ट बुमका अध्यक्ष रत्न शाक्यले २०२० को कोभिडको बेला फरक काम फरक तरिका फरक विचार भएका सृजनशील ११ जना साथीहरूबाट स्थापित यो समूह आज चौथो वर्ष पुग्दा करिब १३ औ पटकको कला प्रदर्शनी गर्न पाउदा आफू गौरवान्वित भएको बताउनुभयो ।अध्यक्ष शाक्यले आर्ट बुमको मुख्य उद्देश्य कला र सृजना प्रति काम गर्नु हो र उत्साही भएर निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाए ।शान्ति, सदभाव, करूणा, मैत्रीलाई उत्थान गरौं जिवनमा मूल मन्त्र बनाऔं भनेर २५६८ औं बुद्ध पूर्णिमाको दिन जुराएर आफू सहित तीन भाई उत्तम, सजिव, एउटा बुद्ध भगवान्‌को विषयमा कला प्रदर्शनी गर्ने पाइला चाल्ने जमर्कोका साथ सफलता हासिल गरेको बताउदै सहभागी सम्पुर्ण कलाकार साथीहरू, दिदीबहिनी तथा दाजु भाईप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै