❝ वाग्मती ‘प्रदेशीय ललितकला प्रदर्शनी २०८०’ आजदेखि सुरु ❞
2024-03-25
काठमाडौँ, १२ चैत/ वाग्मती ‘प्रदेशीय ललितकला प्रदर्शनी २०८०’ आज मंगलबारदेखि सुरु भएको छ । प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उद्घाटन गरेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संरक्षक हितबहादुर तामाङले यही कार्यक्रमबाट बागमती प्रदेशको कलालाई नजिकबाट बुझ्ने अवसर पाएको बताए । उनले वाग्मती प्रदेश भौगोलिक र विविधताका हिसाबले पनि विविधतायुक्त रहेको बताउँदै यसको संरक्षण र प्रवद्र्धनमा यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै उनले पुराना कलाकारबाट प्रेरणा लिएर नयाँ सिर्जना गर्ने र दुवैको संयोजनबाट देशको अर्थतन्त्रमा योगदान पु¥याउने उल्लेख गरे ।
फाउण्डेशनका कुलपति नारदमणि हर्तम्चलीले कलाको विकास, ललित कलाको प्रवद्र्धनमा ठूलो भूमिका रहेको बताउनुभयो । छायामा रहेको कलालाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले प्रदेश र नगरपालिकाका प्रतिष्ठानसँग मिलेर काम गर्दै आएकाले सकारात्मक नतिजा आएको बताए । फाउण्डेशनका उपकुलपति तथा वाग्मती प्रदेश समन्वय समितिका संयोजक लालकाजी लामाले प्रदर्शनीमा युवा पुस्ताको सहभागिता उत्साहजनक रहेको बताउँदै यसले ललितकलाको क्षेत्रमा नयाँ बाटो खोल्ने बताए ।
उनले नेपाली ललितकला क्षेत्रलाई स्थानीय स्तरमा समृद्ध बनाएर व्यवसायसँग जोड्नुपर्ने बताए ।‘हामीले आफ्नो आवश्यकता बोल्नुपर्छ’, लामाले भने । राही प्रतिष्ठानले नेपालको संविधान २०७२ को सातवटै प्रदेशमा ‘प्रदेशीय ललितकला प्रदर्शनी’ को शृङ्खलामा ६ प्रदेशमा प्रदर्शनी शुरु गरेको र वाग्मती प्रदेशमा प्रदर्शनी शुरु गरेको सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले ‘ठुम्केली’ले जानकारी दिए । फाउन्डेसनले सञ्चालन गरेको यो अभ्यासले प्रदेशको आधारभूत रैठाने कलाको संरक्षण र प्रवद्र्धनमा थप टेवा पुग्ने उनको विश्वास छ ।
समारोहमा नेपाली ललितकलाको क्षेत्रमा निरन्तर साधनारत रही ललितकला क्षेत्रको संवद्र्धन एवम् प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएका अग्रज कलाकार बाबुराज द्यःला, गौतमरत्न तुलाधर, चन्दा श्रेष्ठ, मिरा भट्टराई, साईँला लामा ‘मङ्गल’, पूर्णप्रसाद ह्योजू, पुष्पाञ्जली शेरचनलाई सम्मान गरिएको थियो । फाउन्डेसनका पूर्वकुलपति रागिणी उपाध्याय, पूर्व उपकुलपति ठाकुरप्रसाद मैनालीसहित फाउण्डेशनका प्रज्ञा परिषद् सदस्य पल्साङ्मो लामा, सञ्जय वन्तवा, अरुणा हिङमाङ, प्रज्ञासभा सदस्य लालमान लामा, अशोक लामा, झिग्मे लामा, संगी श्रेष्ठ, बसुदेव श्रेष्ठलगायतको सहभागिता थियो । प्रदीप शाक्य, सुन्दर सिङ्खवाल, निर्माया लामा, कृष्णप्रकाश शाह र जेष्ठ र नया पु प्रदर्शनीमा समकालीन चित्र/मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला र अन्य रचनात्मक (बहु-सृजनात्मक) विभिन्न विधाका २१० कलाकारका २४१ भन्दा बढी कलाकृतिहरू राखिएका छन्। प्रदर्शनी चैत १६ गतेसम्म चल्नेछ ।