❝ आज देशको पहाडी भेगमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै ❞
2024-03-24
काठमाडौँ, ११ चैतः रंगहरुको पर्व होली आज पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ आफन्तजन एवं साथीसङ्गीहरूसँग एकापसमा अबिर तथा रङ दलेर रमाइलो गर्ने परम्परा पर्वलाई विभिन्न स्थान र परिवेश विशेषमा फरकफरक नामले चिनिने संस्कृतिविद्को भनाइ छ। यो पर्वबारे पुराणहरू र प्राचीन संस्कृत साहित्यमा पनि उल्लेख भएको जानकारहरू बताउँछन्। तर होली पर्वका बेला विभिन्न खाले विकृति निम्तिएको र जबरजस्ती रङ्ग दलिदिने तथा लोला हान्ने प्रवृत्ति कायम रहेको भन्दै चिन्ता व्यक्त गर्नेहरू पनि छन्। काठमाण्डू उपत्यकासहित देशैभरिका स्थानीय प्रशासनले सौहार्दपूर्ण रूपमा होली मनाउन आग्रह गर्दै कसैलाई अनावश्यक दु:ख दिइए कारबाही गर्ने चेतावनी दिएका छन्। मिथिलाञ्चलको होली: अन्यत्रभन्दा फरक राजधानी उपत्यकाको होली त्यस्तै अन्य दिनको तुलनामा विशेषगरी सहरी क्षेत्रमा बढी मात्रामा सुरक्षाकर्मीहरू पनि परिचालन गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। सामाजिक सञ्जालमा होली र फागु एकै पर्व हुन् वा भिन्न हुन् भनेर प्रश्न सोधिएको र तर्क गरिएको पनि देखिएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश होलीका अवसरमा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च नेताहरूले शुभकामना सन्देश दिएका छन्। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ । आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।
काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् ।संस्कृतिविद्हरूको अनुसार वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन चीरोत्थान गरेपछि काठमाण्डूमा होली सुरु भएको मानिन्छ वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन चीरोत्थान गरेपछि काठमाण्डूमा होली सुरु भएको मानिन्छ पूर्णिमाका दिन उक्त चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाउने चलन छ। “उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरेर लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ, त्यस्तै पूर्णिमाकै दिन टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन रहेको पनि राससले जनाएको छ। वैशाख १ मा नयाँ वर्ष किन र कहाँकहाँ मनाइन्छ ‘यथास्थितिमा असारमा हिउँद पुग्न सक्छ’, पञ्चाङ्ग संशोधन गर्नुपर्ने कुरा किन उठेको हो फागु पूर्णिमाकै दिन उपत्यकामा भीमसेनको पूजा गर्ने चलन पनि रहेको बताइन्छ।
त्यस्तै पूर्णिमाकै दिन हिमाली क्षेत्रमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा ‘तोरन ल्ह’ पर्व मनाउने गर्छन्। तराईमा भोलिपल्ट मनाइने होलीमा रङ्ग खेल्नुका साथै मौलिक गीत गाउने र व्यङ्ग्यात्मक कार्यक्रम पनि आयोजना गर्ने चलन रहेको छ।होलीको किंवदन्ती फागु पूर्णिमाको चलन चल्नुमा होलिकासँग जोडिएको किंवदन्ती प्रख्यात छ। उक्त किंवदन्तीअनुसार त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले आफ्ना विष्णुभक्त पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाएका थिए। तर प्रह्लादलाई केही नभएको होलीका जलेको कथामा उल्लेख छ। त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा फागु खेल्ने परम्परा चलेको विश्वास गरिन्छ। द्वापरयुगमा कृष्णलाई मार्न कंसद्वारा पठाइएकी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिएको कथासँग पनि होली जोडिने बताइन्छ। उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको धर्मग्रन्थमा उल्लेख गरिएको वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राध्यापक देवमणि भट्टराई बताउँछन्।