• 2024-03-07

    काठमाडौं २४ फागुन। नवगठित सत्ता गठबन्धनमा १७ मन्त्रालयको भागबन्डा टुंगिएको छ । सत्ता गठबन्धनका मुख्य तीन दल नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुले पाउने भागबन्डा टुंग्याएका हुन । सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेले ८, माओवादी केन्द्रले ५ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय लिएका छन् । सत्ता गठबन्धनमै सहभागि जनता समाजवादी पार्टीको भागबन्डा टुंगिएको छैन । त्यस्तै गठबन्धनसँग संवादमा रहेका एकीकृत समाजवादी, नागरिकउन्मुक्ति पार्टी, जनमत पार्टीले पाउने मन्त्रालयको संख्या भने टुंगिन बाँकी छ ।

    नेकपा एमालेले भौतिक पूर्वाधार, भौतिक पूर्वाधार, कानून, न्याय तथा संसदीय मामिला,भूमि व्यवस्था तथा सहकारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पाएका छन् । त्यस्तै माओवादी केन्द्रले परराष्ट्र, अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सञ्चार तथा सूचना प्रविधि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लिएको छ । यसअघि कांग्रेससँगको गठबन्धनमा पनि माओवादीले यीनै मन्त्रालय लिएको थियो । त्यस्तै रास्वपाले गृह, शिक्षा, युवा तथा खेलकुद र  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिएको छ ।

    यी हुन मन्त्रालय र मन्त्री :

    नेकपा एमाले

    १. रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री

    २. राजेन्द्रकुमार राई, मन्त्री खानेपानी

    ३. पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री

    ४. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी

    ५. भगवती चौधरी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री

    ६. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

    ७. हरि उप्रेती, रक्षा मन्त्री

    ८. ज्वालाकुमारी साह, कृषि मन्त्री

    माओवादी केन्द्र

    १. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र मन्त्री

    २. वर्षमान पुन, अर्थमन्त्री

    ३. शक्तिबहादुर बस्नेत, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री

    ४. रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि मन्त्री

    ५. हितबहादुर तामाङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री

    राष्ट्रिय स्वतन्त्र पार्टी

    १. रवि लामिछाने, उपप्रधान तथा गृहमन्त्री

    २. सुमना श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री

    ३. बिराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री

    ४. डोलप्रसाद अर्याल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै