• 2024-02-15

    काठमाडौं ३ फागुन/ मध्यान्ह दैनिककी प्रकाशक सीतादेवी श्रेष्ठलाई पितृशोक परेको छ । प्रकाशक श्रेष्ठका पिता तथा सम्पादक मदनकुमार श्रेष्ठका ससुरा गौरीनारायण श्रेष्ठको बुधबार बिहान ३ बजेे काठमाडौंको टोखा-८ बानियाँटारस्थित आफ्नै निवासमा निधन भएको हो । श्रेष्ठ लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित थिए । लमजुङको चितीमा फागुन २ गते नै जन्मिएका ८१ वर्षीय श्रेष्ठको जन्मदिनकै दिन निधन भएको पारिवारिक स्रोतले जनाएको छ । चितीमा श्रेष्ठलाई समाजसेवीको रुपमा चिनिन्थ्यो । श्रेष्ठका श्रीमती, तीन छोरी र दुई छोरा रहेका छन् । उनको  बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै