नविना श्रेष्ठ, माघ ५,२०८०/ ‘सपना भुलाइ सारा…’ का गायक योगेश वैद्यको निधन भएको छ। वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार उनको ७७ वर्षको उमेरमा गएराति निधन भएको हो । योगेशले ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’, ‘नेपाल मेरो उपहार भो’ जस्ता लोकप्रिय गीत गाएको छ।
नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ जस्ता लोकप्रिय सिर्जना पनि उहाँले नै गरेको हो। किरण खरेलको शब्द र नातिकाजीको संगीतमा योगेशको पहिलो गीत ‘कति प्यासी छ जिन्दगी…’ ०२२ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो। वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा परीक्षामा प्रथम भएका योगेश करिब ३३ वर्ष सरकारी सेवामा संलग्न रहे । योगेश ०६१ सालमा सहसचिव पदबाट अवकाश लिएको थियो। भने उहाँका दुई छोरी र एक छोरा छन् ।