• 2024-01-16

नविना श्रेष्ठ ,माघ २,२०८० /नेपाल भाषाका चर्चित जनकलाकार भृगुराम श्रेष्ठको माघ १ गते निधन भएको छ । आईतवार बेलुका ५ बजेर ४५ मिनेटमा कलाकार श्रेष्ठको वीर अस्पतालमा उपचारको क्रममा निधन भएको छ। ९२ बर्षका उहाँको क्यान्सर रोगबाट पीडित रहेको थियो। २००९ सालदेखि रेडियो नेपालमा गीत गाउन थालेँका थिए। भने ‘जीवन दबू’ नामक नेपालभाषाको कार्यक्रम गरेको थियो। उहाँले नेपाल भाषाको ‘माया रे रतन, जि नं छंके माया’ गीत त्यतिबेला साह्रै हिट गीत गाउनु भएको थियो। श्रेष्ठको हिजो अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै