• 2024-01-09

भक्तपुर २४ पुस। देशको पूर्वी क्षेत्रबाट वढी माग हुन थालेपछि नेपाल इको प्यानलले उदयपुरको गाइघाटमा थप नयाँं डिलशिप दिएको छ । स्थानीय लक्की ग्रिललाई आफनो उत्पादन विक्रीवितरण गर्ने जिम्मेबारीसहित डिलरशिप दिएको हो । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले नेपालको पूर्वी क्षेत्रबाट आफना उत्पादनहरुको माग वढन थालेकोले डिलरशिप थपेको जानकारी गराए । यसबाट पूर्वी जिल्लाहरुमा आफना उत्पादनहरु विक्रीवितरण गर्न सहज हुने उनको विश्वास छ । नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यो भूकम्पप्रतिरोधी हुनुका साथै तीव्र निर्माण सम्भब हुने निर्माण सामाग्री हो । हलुका हुनुले भूकम्पप्रतिरोधी हुनुका साथै कारखानामा पहिला नै बनाएर निर्माणस्थलमा जोडे मात्रै पुग्ने भएकाले यसको प्रयोगबाट तीब्र निर्माण सम्भब भएको हो । यसको कर्पाेरेट कार्यालय भक्तपुरको सल्लाघारी डा इवामुरा अस्पतालको उल्टो दिशामा छ भने कारखाना जिल्लाकै चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै