काठमाडौँ, १७ पुस : अस्ट्रेलियन ओपनर डेविड वार्नरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । वार्नरले सोमबार सामाजिक संजालमार्फत एकदिवसीय र टेस्ट क्रिकेटबाट संन्यास लिएको जानकारी दिएका हुन् । सन् २००९ मा दक्षिण अफ्रिकाविरुद्ध पहिलो एकदिवसीय खेले खेल्दै उनले एकदिवसीय क्रिकेट यात्रा सुरु गरेका थिए । वर्नरले भारतमा सप्पन्न भएको एकदिवसीय विश्वकपको फाइनल खेल अन्तिम बनेको छ । वार्नरले १६१ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । जसमा उनले २२ शतक र ३३ अर्धशतक प्रहार गरेका छन् । उनी अस्ट्रेलियनले सन् २०१५ र २०२३ को विश्वकप जित्दा महत्त्वपूर्ण खेलाडीको रुपमा थिए । वार्नरले पाकिस्तानविरुद्ध बुधबारदेखी सुरु हुने तेस्रो तथा अन्तिम टेस्ट खेल्नेछन् ।