काठमाडौँ, १७ पुस : जागरूक युवा अभियान नेपालले आज ‘नेपाली टोपी ः नेपाली पहिचान’ को नारासहित अभियानका रूपमा ११ औँ नेपाली टोपी दिवस मनाएको छ । वसन्तपुरमा भेला भएका अभियानकर्मी घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाईं र राजेश खत्रीले विज्ञप्ति जारी टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न माग गर्नुएको छ। सदियाँैदेखि नेपाली पहिचानका रूपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली ढाका र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानकारूपमा मान्यता दिन मागसहित अभियानका रूपमा यो दिवस मनाउन थालिएको हो ।