❝ नेपाली कला र संस्कृति प्रवर्द्धन गर्दै डेल्फिक काउन्सिलले विश्वव्यापी प्रचार गर्ने ❞
2023-12-17
काठमाडौँ, १ पुस : ‘अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिल’ नेपाल च्याप्टरले नेपाली कला र संस्कृतिको क्षेत्रमा भइरहेका प्रयासहरूलाई विश्वव्यापी प्रचार गर्ने भएको छ । संस्थाको २९ औँ स्थापना दिवसको अवसरमा आयोजित अन्र्तक्रियामार्फत कला–संस्कृतिको विश्वव्यापी उत्थान र प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गरिरहेको नेशनल डेल्फिक काउन्सिल नेपालका संस्थापक उपाध्यक्ष जीवनकुमार पराजुलीले बताउनुभयो । “यस अन्तर्राष्ट्रिय नेटवर्कले नेपाली कला तथा कलाकार एवम् संस्कृतिलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुने अवसर प्रदान गर्दछ । संस्थाको नेपालसँगै विश्वभर करिब एक सय देशमा च्याप्टर रहेका छन् ।” उपाध्यक्ष पराजुलीले भन्नुभयो । डेल्फिक काउन्सिलले चलचित्र, सङ्गीता, ध्वनि, प्रदर्शन, एक्रोब्याटिक्स, भाषा र भाषण, दृश्य, हस्त शिल्प, सामाजिक, सञ्चार, वास्तुसम्बन्धी कलालाई विभिन्न भागमा विभाजन गरी प्रवर्द्धन गरिरहेको छ।