❝ सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अपिल ❞
2023-11-30
काठमाडौँ, १४ मङ्सिर : सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन सभामुख देवराज घिमिरेले अपिल गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज आयोजित नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै सभामुख घिमिरेले आर्थिक मन्दी र व्यावसायिक वातावरण नभएको प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउने भन्दा पनि सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अनुरोध गर्नुभएको हो ।” उहाँले अर्थतन्त्रका समस्या समाधान गर्न राजनीतिक प्रतिबद्धतासहितको लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नैपर्ने बताउनुभयो ।उहाँले भन्नुभयो -सभामुखका हैसियतले लगानीमैत्री कानून निर्माणको नेतृत्वका लागि मेरो प्रयत्न हुनेछ “हामीले विकासका पर्याप्त सम्भावना भएका कृषि, पर्यटन पूर्वाधार, आइटी तथा उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ”, सभामुखले भन्नुभयो, “आर्थिक मन्दी रहेको, व्यावसायिक वातावरण नभएको जस्ता नकारात्मक प्रचार गरी मुलुकको अर्थतन्त्रलाई कमजोर नबनाउन अनुरोध गर्दछु ।