काठमाडौँ, ८ मङ्सिर। नेपाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा. रोमियो कंसाकार निर्विरोध निर्वाचित भएका छन्।ग्रिन सिटी अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका वरिष्ठ शल्य चिकित्सक डा. कंसाकार नेपालभरका शल्य चिकित्सकहरुको छाता संगठन नेपाल शल्य चिकित्सक समाजको अध्यक्ष्मा निर्विरोध निर्वाचित भएका हुन्।