• 2023-11-24

काठमाडौं, ८ मंसिर /काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज अष्ट्रेलिया प्रस्थान गर्नुभएको छ । अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालय र नेपालस्थित अष्ट्रेलियन दुतवासबाट २०८० बैशाख १८ गते प्राप्त निमन्त्रणामा आज शुक्रवार सिंगापुर एयरलाइन्सको SQ 439 को विमानवाट त्यस तर्फ प्रस्थान गर्नु भएको हो । उपप्रमुख  डंगोललाई Special Visits Program (SVP) का लागि निमन्त्रणा गरिएको जनाएको छ। । अष्ट्रेलियाका विभिन्न सहरहरुमा रहेका खनिज तथा उर्जा, कृषि पर्यटन, विश्व सम्पदा सूचीमा सूचीक्त पर्यटकीय क्षेत्रहरुको अवलोकन, परम्परागत संस्कृति, सहरी विकास, नविकरणीय उर्जा उत्पादन तथा व्यवस्थापनका क्षेत्रको अवलोकन भ्रमण गर्ने तथा उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस क्रममा उपप्रमुखले सिडनी, क्यानबेरा होर्बट र मेलवर्नलगायत सहरमा आयोजना हुने छलफल तथा भेटघाटमा सहभागिता जनाउनेछ। यस्तै अष्ट्रेलियामा रहेका नेपालीहरुसँग अन्तरक्रिया गर्ने, संसद भवनको अवलोकन गर्ने कार्यक्रम छ । उपप्रमुख मंसिर १७ गते स्वदेश फर्कने कार्यक्रम छ । २०८० साउन ३२ गते बसेको काठमाडौं महानगरपालिकाको २१ औं नगर कार्यपालिका बैठकले उपप्रमुखको भ्रमण स्वीकृत गरेको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्तिक २३ गतेको मन्त्री स्तरीय निर्णयबाट भ्रमण स्वीकृत भएको छ । भ्रमण अवधिको खर्च अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयले गर्ने सचिवालय प्रमुख उपप्रमुखज्यूको सचिवालयले जनाएको छ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै