काठमाडौँ, ३ मङ्सिर/काठमाडाैंकाे प्रदर्शनीमागमा रहेकाे रत्न राज्यलक्ष्मी क्याम्पस र ललितपुर जिल्लाकाे नेपालभाषा केन्द्रिय विभाग पाटन ढाेकामा नेपालभाषा स्नातकोत्तर तहमा (एम. ए) भर्ना खुलेकाे छ। त्रिभुवन विश्वविद्यालय अन्तरगत रहेकाे नेपालभाषा केन्द्रीय विभाग पाटन ढाेकामा २०३५ साल देखि नेपालभाषाकाे अध्यापन हुदैआइरहेकाे छ । त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम शैक्षिक वर्ष २०८० / ०८१ ले एक सुचना जारी गरी भर्ना बारे जानकारी गराइएकाे छ । रत्न राज्य लक्ष्मी क्याम्पसमा नेपालभाषा अभियान्ताहरुकाे सक्रियतामा काठमाडौं महानगरपालिकासँग नेपालभाषा स्नातकोत्तर तह सञ्चालन गर्नकाेलागी पाँच वर्षको सम्झौता भएकाे हाे। जसअनुरूप रत्न राज्यलक्ष्मी क्याम्पसमा इतिहासमै पहिलो पटक वि.सं. २०७८ सालदेखि विधिवत् रुपमा स्नातकोत्तर (एम.ए) तहमा नेपालभाषा अध्यापन हुँदै आईरहेकाे छ। नयाँ राेजगारीकाे अवसर दिनप्रतिदिन बढिरहेको र बागमती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई काम काजी भाषाकाे रुपमा ल्याउने प्रदेश सरकारकाे घोषणा बमोजिम स्नातक र स्नातकोत्तर तहमा नेपालभाषा अध्ययन गर्नेहरुकाे आकर्षण बढिरहेको नेपालभाषा अभियान्ता यवम सुकुन्दा साहित्य पा: लाका अध्यक्ष प्रशान्त डंगोलले बताए ।नेपालभाषा अभियान्ताहरुकै बलबुत्ताले रत्न राज्य लक्ष्मी क्याम्पसमा स्नातक तहमा नेपालभाषा फेज आउत भएको १५ बर्ष पछि २०७४ सालमा पुन: अध्यापन गराउन सफल भएको हाे। भर्ना सम्बन्धी थप जानकारी तल उल्लेख गरिएकाे छ ।