• 2023-11-12

काठमाडाैं, २६ कात्तिक ।‘आन्तरिक र बाह्य पर्यटनमा सहभागी बनौँ’ भन्ने नाराका साथ काग तिहारका दिन नुवाकोट स्थित शिवपुरी वडा समितिको कार्यालय–६ को आयोजना र शिवपुरी समुन्द्रादेवी युवा क्लबको व्यवस्थापन सहयोगमा शिवपुरी गाउँपालिका वडा नं ४ र ६ स्थित लप्से मोहरथोक झरना महोत्सव सम्पन्न भएको छ ।महोत्सवको उद्घाटन गर्दै शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले आफ्नो क्षेत्रलाई कृषि, स्वास्थ्य, शिक्षा र खेलकुदबाट चिनाउन प्रयास  गरिने पनि बताउनुभयाे ।

“चैत–वैशाखको सुख्खा मौसममा पनि पानी बग्ने सो झरनाको विशेषता रहेको सो झरना करिब एक सय ५० फिट लामो र अविरल बगिरहने वडा नं ६ का अध्यक्ष विष्णु श्रेष्ठले बताउनुभयाे ।लप्से झरना महोत्सवमा बाह्रै महिना सदावहार झर्ने यस झरनालाई पर्यटकहरुको आकर्षक गन्तव्यको रुपमा विकास गर्नका लागि स्थानीय श्राेत र साधनकाे सदुपयाेगका साथै स्थानीय उत्पादनकाे प्रवर्धन गर्नका लागि वडाबाट बजेट छुटाएर झरना महोत्सव आयोजना गरेको वडाध्यक्ष विष्णु श्रेष्ठले बताउनुभयाे । सांस्कृतिक अभियन्ता, समाजसेवी तथा टोखा सम्पदा संरक्षण दवु:का अध्यक्ष मनिराज डंगोलले स्थानीय श्राेत र साधनकाे सदुपयाेग गरेर स्थानीय उत्पादनकाे प्रवर्धन गर्नसके युवाहरू बिदेश पलायन राेक्न सकिने बताउनुभयाे । उहाँले झरनामा पुग्न काठमाडौको सामाखुसी टोखा हुँदै भिल्ली, मालुङ्ग, झोर, जगात, गुर्जे, गुर्जे भन्ज्याङ्ग, माने मानेभन्ज्याङ्ग हुँदै लप्से झरना पुग्न सकिने बताउनुभयाे । लप्से झरना महोत्सवको सांस्कृतिक अभियन्ता तथा समाजसेवी मनिराज डंगोल अध्यक्ष रहेको टोखा सम्पदा संरक्षण दबुले प्रचारप्रसारको जिम्मा लिएको हो।

 

 

 

 

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै