नविना श्रेष्ठ ,कात्तिक २६,२०८०/ काठमाडौं महानगरपालिका लगायत नेपालको राज्य भरी दिपावली तिहारको भिलिमिली भरिएको छ। यतिबेला भने काठमाडौं महानगरमा अरुबेला सडक व्यापारी माथी निर्दयी तरिकाले प्रस्तुत हुने महानगर प्रहरी यो समयमा सहयोगी साथी बनेका छन्। काठमाडौं महानगरपालिकामा तिहारको समयमा पुष्प खेती गर्ने किसान र व्यापारसँग भने केही नरम देखिएको छ। स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप प्रदर्शनी मार्गहरु भृकुटीमण्डप तिनकुने चौर हाँडीगाउँ र बालाजु भ्याली कोल्डस्टोरको प्राङ्गणमा फूल बेच्ने ठाउँको प्रवन्ध मात्रै मिलाइएको छैनन्, कि विक्री स्थल थाहा नभएका व्यापारीहरुलाई महानगरले आफ्नै सवारीमा राखेर विक्री स्थल सम्म पुर्याउन सहयोग पनि गरेका छन्। काठमाडौं महानगरका मेयर बारेन शाहको यो सहयोगी कामलाई प्रसंशा गर्नैपर्छ। फूल व्यापारीहरुले पनि बालनलाई धन्यवाद दिएका छन्।
